Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पर्यटनमन्त्रीको आदेशमा पक्राउ परेका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    पर्यटनमन्त्रीको आदेशमा पक्राउ परेका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरी हिरासतमा रहेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका छन्।

    गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन्।



    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दूर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाँया सेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरूङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको छ।



    भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेके भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा आउनुस् भनेका थिए । तर उनी मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार