काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले अन्तिम अभ्यास खेलमा सोमबार २ सय ५६ रनको लक्ष्य पाएको छ ।
पहिला ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन जोड्यो ।
केन्याका लुकास एक्लैले ५९ रन बनाए । केन्याले ५० औँ ओभरमा २० रन जोडेको थियो ।
तीन खेलको एकदिवशीय शृंखलामा नेपालले अघिल्ला दुवै खेल जितेको थियो ।
यी दुई टोलीबीच भएको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नेपालले ३-२ ले जितेको थियो ।
Leave a Reply