काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको हो ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको थियो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अब दुई दिनभित्रमा सिट बाँडफाँट टुंगिने गरी छलफल भइरहेको बताए । उनले अझै केही दिन सिट बाँडफाँटबारे छलफल गर्नुपर्ने देखिएको बताए । प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रमा कहाँ कुन दलबाट उम्मेदवारी दिने भन्नेबारे बैठकमा छलफल भइरहेका छन् ।
आफूले दाबी गरेकोभन्दा सिट संख्या घट्नुपर्ने भएकोले भागबन्डा मिलिसकेको छैन । कार्यदलमा सहमति गरेर प्रतिवेदन शीर्ष नेतालाई पेश गर्ने तयारी छ ।
Leave a Reply