Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

    काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ ।

    प्रतिनिधिसभाको आयु बढाउने कानुन फास्ट ट्रयाकबाट अघि बढाएर सांसद पोस्ने योजनामा सरकार लागेको भन्दै सरकार र प्रतिपक्ष सांसदहरुले विरोध गरेका छन् ।



    प्रतिनिधिसभाको कार्यका लम्याउने बन्धी विधेयक संसदको कार्यव्यवस्था परामर्श समिति बैठकमा कानुनमन्त्री गोविन्द बन्दीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटो पास गर्नुपर्ने बताए ।



    प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राप्रपा लगायत दलहरुको विरोधका बाबजुत सरकारले विधेयक अघि बढाएको हो । उक्त विधेयक शुक्रबार मात्र संसद सचिवालयमा दर्ता भएको थियो । विधेयकमा निर्वाचन भएर बन्ने प्रतिनिधिसभाको पहिलो बैठक बस्दासम्म संसदको कार्यकाल रहने प्रस्ताव गरिएको छ ।

    यो राष्ट्रहितमा नभएको सत्ता पक्ष तथा प्रतिपक्षका सांसदहरुले नै बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो विधेयक ल्याउन नहुने बताए । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार