काठमाडौं । सिट बाँडफाँट टुंगो लगाउन बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठकमा गठबन्धन दलले पाउने सिट संख्याका साथै निर्वाचन क्षेत्रको बाँडफाँटका बिषयमा पनि छलफल भएको हो ।
कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार कार्यदलले संघ र प्रदेशको सिट बाँडफाँटको संख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ ।
उनले न्यायोचित, सम्मानजनक र सबैले जितेको भावनाका साथ सिट बाँडफाँटले अन्तिम रूप पाउने बताए । दुई दिनमा सिट बाँडफाँटका बारेमा छलफल गरेर निष्कर्षमा पुगिने र शीर्ष तहलाई जानकारी गराउने कार्कीले बताए ।
सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो दाबीबाट पछि नहट्दा सिट बाँडफाँटमा सहमति हुन सकेको छैन् ।
Leave a Reply