काठमाडौं । नेपाल सरकारले योगी, दूरदर्शी एवम् ईशा फाउण्डेसनका संस्थापक सद्गुरुले पाँच महिनाअघि सुरु गरेको ‘माटो जोगाऔँ’ अभियानमा ऐक्यबद्धता जनाएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजित एक कार्यक्रममा नेपालले सद्गुरुको उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै ३० हजार बिरुवा राेप्ने प्रतिबद्धता पनि जनाएको छ ।
नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय एवम् वन तथा वातावरण मन्त्रालयले सो अभियानमा ऐक्यबद्धता जनाएका हुन् ।
सो अवसरमा नेपाल सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री प्रदीप यादवले नेपालका खोलानालावरपर ३० हजार रुखका बिरुवा रोप्ने घोषणा गरे ।
कार्यक्रममा सम्बोधन गर्दै सद्गुरुले हामी जानेर वा नजानी यस विनाशको एक हिस्सा भएको र अबको बाटो भनेको सबैले समाधानको एक हिस्सा बन्नु पर्नेमा जोड दिए । माटोको विनाशलाई सम्बोधन गर्न एकजुट हुन पनि सद्गुरुले सबैलाई आह्वान गरे ।
यस अभियानले हाम्रो माटो र धरती जोगाउनका लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गरेको छ ।
Leave a Reply