काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरि निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई आग्रह गरेका छन्।
नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्।
उनले कर्मचारीहरुको जायज माग सम्बोधन गर्दै छिटै संघीय निजामती ऐन ल्याउने प्रतिवद्धता जनाए ।
उनले स्थायी सरकारको रुपमा रहेको निजामती सेवा सरकारको राज्य सञ्चालनको नजिकको संयन्त्र भएको बताए।
Leave a Reply