Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • असोज पहिलो साताबाट यातायातको टिकट बुकिङ

    असोज पहिलो साताबाट यातायातको टिकट बुकिङ

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौँ । दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ ।

    दसैँमा हुने यातायात चापलाई दृष्टिगत गर्दै व्यवसायीले असोज पहिलो साताबाट टिकट बुकिङ खुला गर्ने तयारी गरेका छन् ।



    दसैँ मनाउन काठमाडौं उपत्यकाबाट दैनिक लाखौँ संख्यामा सर्वसाधारण बाहिरिने गर्छन् । यसो गर्दा तत्काल गाडी पाउने सम्भावना कम हुन्छ ।



    सोही विषयलाई लक्षित गर्दै व्यवसायीले अग्रिम टिकट बुकिङको व्यवस्था गरेका हुन्छन् । जुन व्यवस्थालाई यसपालि पनि निरन्तरता दिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । यसका लागि यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल भइरहेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार