बाँके । नेपालगञ्ज मेडिकल कलेजले डायलाइसिस सेवा बन्द गरेको छ ।
सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरेको हो । गत आर्थिक वर्षदेखि यो आर्थिक वर्षको भदौ महिनासम्मको गरी करिब २ करोड रुपैयाँ नपाएको बिरङ्ग हेल्थ केयर प्रालिले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको जनाइएको छ ।
एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको बिरङ्ग हेल्थ केयरले जनाएको छ ।
Leave a Reply