Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • उम्मेदवार सिफारिसमा विवाद हुँदा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

    उम्मेदवार सिफारिसमा विवाद हुँदा कांग्रेस कार्यकर्ताबीच कुटाकुट

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 996
    SHARES

    फाइल फोटो

    धनुषा । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो ।



    उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो ।



    पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गर्न नचाहेको भन्ने विषयमा विवाद भएको थियो ।

    विवाद बढ्दै गएपछि दुबै पक्षका कार्यकर्ताहरुबीच कुटाकुट भएको धनुषा कांग्रेसले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार