Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कांग्रेसद्वारा आकस्मिक पत्रकार सम्मेलन

    कांग्रेसद्वारा आकस्मिक पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 5K
    SHARES

    काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आकस्मिक पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे छ । पार्टी मुख्यालय सानेपा ललितपुरमा काँग्रेसले बिहीबार दिउँसो दुई बजे पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे हाे ।

    पत्रकार सम्मेलनमा १२औँ गणतन्त्र दिवस, कोरोना भाइरसको संक्रमण, लकडाउन, संविधान संशोधन र मुलुकको अन्य राजनीतिक विषयमा कांग्रेसले आफ्नो धारणा राख्ने जनाइएको छ ।



    संसदबाट बुधबार संविधान संशोधनको प्रस्ताव अचानक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले कार्यसूचीबाट हटाएका थिए । कार्यसूचीबाट प्रस्ताव हटाइएको आरोप कांग्रेसलाई लगाइएको थियो ।



    कांग्रेसले विज्ञप्ति जारी गरेर संविधान संशोधनको प्रस्ताव कार्यसूचीमा राख्दा सरकार र संसद सचिवालयले कांग्रेससँग नसोधेको र हटाउँदा पनि सल्लाह नगरेको स्पष्ट पारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार