Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रमुख विपक्षी नेपाली कांग्रेसले शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हाे ।

    मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार दिउँसो १ बजे बैठक बस्नेछ। ‘बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुनेछ’ उनले भनेका छन् ।



    आइतबार बसेको कांग्रेसको पदाधिकारी बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको दोहो¥याएको थियो । तर संविधान संशोधनबारे केन्द्रीय समितिबाट औपचारिक निर्णय गर्ने बताएको थियो ।



    प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकमा पनि कांग्रेस केही दिन समय मागेको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार