Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • गिरोह नै बनाएर भेटेनरीका विद्यार्थी चोरीमा संलग्न, तीनजना पक्राउ

    गिरोह नै बनाएर भेटेनरीका विद्यार्थी चोरीमा संलग्न, तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 870
    SHARES

    मोरङ । मोरङमा प्रहरीले चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

    जिल्लाको धनपालथान गाउँपालिकाबाट रंगेली प्रहरीको विशेष टोली तथा स्थानीयहरूको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो । भेटेनरी पढ्दै गरेका विधार्थीहरू नै चोरीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    इलाका प्रहरी कार्यलय रंगेलीका अनुसार पक्राउ पर्नेमा सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका ५ घर भई हाल शैलजा आचार्य, २२ को सतिश यादव, जहदा ४ हटोया बस्ने वर्ष १९ को मुकेश महतो र अर्का एकजना रहेका छन् । आचार्य स्मृति पोलिटेक्निक जहदामा अध्ययन गर्ने विद्यार्थीहरू रहेका छन् ।



    कलेजमा कृषि तथा भेटनरी विषय पढ्ने विद्यार्थीहरूले गिरोह नै बनाएर चोरी गर्ने गरेको प्रहरीको दाबी छ । धानपालथान ७ कदमाह घर भएका प्रमानन्द यादव को ८ प १०६६ नम्बरको मोटरसाइकल गत मंगलबार राति घरमा राखिएको अवस्थामा चोरी भएको थियो । उनीहरूविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार