काठमाडौं । पहिलो एकदिवसीयमा केन्याले नेपालसामू २१९ रनको लक्ष्य पेश गरेको छ ।
नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको हो । केन्याले सुरुवाती ४ विकेट सस्तैमा गुमाएको थियो ।
पाँचौं विकेटका लागि राकेप र कोलिन्सले १३० रनको शतकीय साझेदारी गरी पारी उकासेका थिए । राकेपले ७५ बलमा ७ चौका र २ छक्कासहित ६७ रन बनाए ।
कप्तान रोहितले रनआउट गर्नुअघि कोलिन्सले ११६ बलमा ४ चौका र २ छक्कासहित ६२ रनको संयमित पारी खेले । केन्याका लागि इरफान करिमले ३१ र सचिव बोधियाले २७ रन थपे ।
बलिङतर्फ सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले १–१ विकेट लिए । यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–२ ले जितेको थियो ।
Leave a Reply