रसुवा । रसुवागढीबाट सामान बोकेर काठमाडौं जाँदै गरेको कन्टेनर कालिकाको कच्ची सडकमा दुर्घटना भएको छ ।
ना३ख १९१ नं. को मालबाहक कन्टेनर दुर्घटना हुँदा दोलखाको गौरिशंकर ५ का २३ वर्षीय चालक विश्वनाथ भुजेलको मृत्यु भएको हो ।
पहिरोका कारण पासाङल्हामु मार्ग अन्तरगत वनुवाघुम्ती–कालिकास्थान सडकमार्ग अवरुद्ध भएपछि
बैकल्पिक मार्ग धारापानी–जिरोकिलो सडकबाट गएको ट्रक चौकीपारवा भन्ने स्थानको कच्ची सडकबाट एकसय मिटर तल भीरमा खसेर थियो।
दुर्घटनामा गम्भीर घाइते भएका भुजेलको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भउको प्हरीले जनाएको छ ।
Leave a Reply