जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी समानुपातिकका लागि सिफारिस भएका छन् ।
धनुषा क्षेत्र नम्बर ३ कमिटीले निधीको एकल नाम समानुपातिकतर्फ सिफारिस गरेको हो ।
अघिल्लो पटकको निर्वाचनमा निधि लोसपा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।
लोसपाबाट महतो पुनः यही क्षेत्रबाट उम्मेदवारीको तयारीमा छन् ।
कांग्रेस नेता निधीले यसअघि नै आफू धनुषा ३ बाट उम्मेदवार बन्न नसक्ने बताइसकेका थिए ।
Leave a Reply