एजेन्सी । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ ।
त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हो । छङ्तुका हेल्थ कमिशन निर्देशन याङ चियोङले संक्रमण दर तीव्र रुपमा फैलिरहेको बताएका छन् ।
साथै जोखिम क्षेत्रहरु बढिरहेकाले खाना र सामान प्याकिङ गरेर खान लाने बाहेक अन्य गतिविधि बन्द गरिएको उनले जानकारी दिए। यो निर्णयबाट सोही शहरका २ करोड बढी मानिस घरबाहिर निस्कन नपाउने भएका छन् ।
छङ्तुमा बिहिबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
Leave a Reply