Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान सुरु

    पर्यटकीयस्थलमा विशेष सरसफाई अभियान सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाई अभियानको सुरुवात गरेका छन् ।

    अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, बसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो ।



    सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाई अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताए ।



    ‘पर्यटन पुनरुत्थानका लागि क्लीन नेपाल- ग्रीन नेपाल अभियान’ नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाई अभियान सुरु गरिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन सम्वद्ध सार्वजनिक निकाय, स्थानीय तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाई अभियान सुरु गरेको हो

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार