Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित

    इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित हात पारेको छ ।

    लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो ।



    बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे ।



    यस अघि युनाइटेडले साउथह्याम्टनलाई १–० र लिभरपुललाई २–१ ले हराएको थियो। युनाइटेड ब्रेनफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोर्दा सिजनको पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार