Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • अर्थमन्त्री शर्मा भन्छन् – सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ

    अर्थमन्त्री शर्मा भन्छन् – सडक र सुरुङमार्गबाटै कर्णाली समृद्ध बन्छ

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 882
    SHARES

    सुर्खेत । अर्थमन्त्री जर्नादन शर्माले सुर्खेतबाट पहाडी जिल्ला जोड्ने सडकको स्तरोन्नति र सुर्खेत–भुरीगाउँ (बर्दिया) जोड्ने सुरुङमार्ग निर्माण गर्नसके कर्णाली प्रदेश समृद्ध बन्ने बताएका छन् ।

    सुर्खेत उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा ज्ञापनपत्र बुझ्दै उनले विकासका लागि यातायात पूर्वाधार पहिलो शर्त भएको बताए ।



    अर्थमन्त्री शर्माले सङ्घीय सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडक र सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिएको प्रष्ट पारे ।



    विगतमा सडकको विकासले गति लिन नसक्दा कर्णालीका जिल्ला विकासमा पछाडि परेको उनको भनाइ थियो । सङ्घले अर्थमन्त्री शर्मासमक्ष २१ बुँदे तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा पूरा गर्नुपर्ने मागपत्र पेस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार