Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सडक भाँसिएर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

    सडक भाँसिएर अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 945
    SHARES

    फाइल तस्विर

    पाल्पा । बिहीबार बेलुकी साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    तिनाउ–५, हिउँदेखोला नजिकै सडक भाँसिएर अवरुद्ध बनेको सडक बिहीबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो ।



    सडक डिभिजन कार्यालय पाल्पाको डोजर तथा लोडरको सहायताले सडक एकतर्फी खुलाइएको हो।



    सडक खुलेपछि बाटोमै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

    सडक दुबैतर्फ सञ्चालनमा ल्याउन भने समय लाग्ने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार