Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रियसभामा पेस

    नागरिकता पहिलो संशोधन विधेयक राष्ट्रियसभामा पेस

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 612
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ ।

    बिहीवार बसेको राष्ट्रियसभाको पहिलो बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले राष्ट्रपतिबाट



    पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई राष्ट्रिय सभामा पेस गरेका हुन् ।



    उनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक, २०७६ पनि राष्ट्रिय सभामा पेस गरेका छन् ।

    त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रस्तुत गरेको शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव पनि वहुमतले स्वीकृत भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार