Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अमेरिकामा कोरोनाले १ लाख २ हजारभन्दा बढीको मृत्यु

    अमेरिकामा कोरोनाले १ लाख २ हजारभन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख २ हजार नाघेको छ । समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २ हजार ९१ पुगेको छ ।

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ४०० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ४५ हजार ६५७ पुगेको छ ।



    अमेरिकामा संक्रमितमध्ये ४ लाख ८८ हजार ४३३ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ५५ हजार १२९ जनामध्ये १७ हजार १६२ जनाको अवस्था गम्भीर रहेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्



    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार