Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • केजरीवाल सरकारले जित्यो विश्वासको मत

    केजरीवाल सरकारले जित्यो विश्वासको मत

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 966
    SHARES

    एजेन्सी । दिल्ली विधानसभामा अरविन्द केजरीवाल सरकारले विश्वासको मत जितेको छ। सरकारको समर्थनमा ५८ मत खसेको थियो भने भाजपा मतदान प्रक्रियाबाट बाहिरिएको थियो ।

    ७० सिट भएको दिल्ली विधानसभामा आम आदमी पार्टीका ६२ र भाजपाका ८ विधायक छन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार विधानसभामा विश्वासको प्रस्ताव पेस गर्दै भारतीय जनता पार्टीमाथि कयौँ गम्भीर आरोप लगाएका थिए ।



    केन्द्रको भाजपा सरकारले राज्यका सरकार ढाल्न हजारौँ करोड रुपैयाँ खर्च गरेको कारण देशमा पेट्रोल र डिजेलको महँगो भएको केजरीवालले दाबी गरेका थिए ।



    विश्वास प्रस्ताव पेस गर्दै दिल्लीका मुख्यमन्त्री केजरीवालले आम आदमी पार्टीका एक–एक विधायक र मन्त्री कट्टर इमानदार रहेको देखाउन यसको आवश्यकता परेको जानकारी समेत दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार