काठमाडौं । राप्रपा नेपालले चुनावलाई लक्षित गरेर मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्ने भएको छ ।
बिहीबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टी सचिवालय बैठकले निर्वाचन पूर्वतयारीका सन्दर्भमा आवश्यक निर्णय गरेको हो ।
जसअनुसार काँकडभिट्टाबाट भदौ ३० गते मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु भएर महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन गर्ने निर्णय भएको छ ।
बैठकमा महामन्त्री सुशीलकुमार श्रेष्ठद्वारा राष्ट्रिय स्वाभिमान यात्रा तयारी, महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेदवारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन वस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगती विवरण प्रस्तुत भएको राप्रपा नेपालले जनाएको छ ।
Leave a Reply