एजेन्सी । संयुक्त राष्ट्रसंघले चीनमाथि सिजियाङ प्रान्तमा रहेका उइघुर मुस्लिम समुदाय र अन्य अल्पसंख्यक समूहको मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएको छ ।
लामो समयदेखि चर्चामा रहेको एक रिपोर्ट सार्वजनिक गर्दै राष्ट्रसंघले यस्तो आरोप लगाएको हो ।
चीनले उक्त रिपोर्टलाई पश्चिमा मुलुकले आफूविरुद्ध देखाएको प्रहसनको संज्ञा दिएको छ । उक्त रिपोर्ट सार्वजनिक नगर्न चीनले दबाबसमेत दिँदै आएको बीबीसीले जनाएको छ ।
रिपोर्टमा चीनले उइघुर मुस्लिम र अन्य अल्पसंख्यक समुदायमाथि गरेको ज्यादतीलाई लुकाउन यथासम्भव प्रयास गरेको दाबी गरिएको छ । अस्पष्ट राष्ट्रिय सुरक्षा कानूनको प्रयोग गरेर चीनले अल्पसंख्यकमाथि ज्यादती गरेको राष्ट्रसंघको आरोप छ ।
चीनले भने १० लाखभन्दा धेरै उइगर तथा अन्य अल्पसंख्यक समुदायका सदस्यलाई बन्दी बनाइएको आरोप अस्वीकार गर्दै आएको छ ।
तर प्रतिवेदनमा बन्दीलाई शृंखलाबद्ध दुव्र्यवहार गरिएको, यौन तथा लैङ्गिक हिंसाका घटना भएकाे उल्लेख छ ।
Leave a Reply