Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटको विषयमा छलफल गर्न जुटे गठबन्धनका शीर्ष नेता

    सिट बाँडफाँटको विषयमा छलफल गर्न जुटे गठबन्धनका शीर्ष नेता

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 714
    SHARES

    काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

    बैठकले मंसिर ४ मा हुने  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा आज टुंगो लगाउने बताइएको छ।



    बुधबार गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन।



    अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार