Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • देउवाले भने-लिम्पियाधुरासहितका भु-भाग नेपालका हुन, संविधान संशोधनको पक्षमा काँग्रेस छ

    देउवाले भने-लिम्पियाधुरासहितका भु-भाग नेपालका हुन, संविधान संशोधनको पक्षमा काँग्रेस छ

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 5K
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संविधान संशोधन प्रक्रिया रोकेको भन्दै भारतीय मिडियाहरुमा समेत समाचार आउन थालेपछि भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गरेका छन्।

    सामाजिक सञ्जाल ट्वीटरमा देउवाले संविधान संशोधनको पक्षमा काँग्रेस रहेको भन्दै अलमलमा नपर्न आग्रह गरेका हुन्। संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।



    बैठकमा संविधान सहमतिको दस्तावेज हो, सबै दल राष्ट्रिय एकताका लागि संशोधनको प्रस्तावमा उभिऔँ भन्दै देउवाको प्रस्ताब मानेर केही दिनका लागि रोकिएको थियो।



    जुन कुरालाई लिएरा भारतीय मिडियाहरुले समेत नेपालको नयाँ नक्साको बिषयमा नेपाली कांग्रेस पछि हटेको जस्ता समाचारहरु प्रसारण भइरहेका थिए।

    सभापति  देउवाले लेखेका छन्, ‘हामी प्रष्ट छौं, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भु-भाग हुन्। अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ। यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं, जय नेपाल ।’

    सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो भने संविधानमा रहेको निशान छापभित्रको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसदमा दर्ता गरिसकेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार