Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • उपत्यकामा एकै दिन ३५ सय २४ जना सवारी चालकमाथि कारबाही

    उपत्यकामा एकै दिन ३५ सय २४ जना सवारी चालकमाथि कारबाही

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 855
    SHARES

    काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ५२४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

    ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    कारबाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १५६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ११८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने ११७ जना सवारी चालक रहेका छन् ।



    यस्तै तीव्र गतिमा सवारी साधन चलाउने १०३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार