Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भागबन्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

    भागबन्डा मिलाउन कार्यदलको बैठक आज पनि बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दैछ । हिजो साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।

    बैठक बिहान ११ बजे बस्ने छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो ।



    गठबन्धनका दलहरुले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ । सम्भवत् आजको बैठकले सिट बाँडफाँटबारे टुंगो लगाउने नेताहरुले बताएका छन् ।



    नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ । गठबन्धनमा शीर्ष तहमा पनि सिट बाँडफाँटबारे छलफल जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार