Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

    एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 903
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा उक्त सिट जित्ने दाबी उनले गरेका हुन्।

    कञ्चनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नै बलबुतामा उक्त सिट जित्ने दाबी गरे। उनले भने, ‘अरुको बैसाखी टेकेर होइन। जनताले भोट हालेर जित्छौं।’



    कांग्रेस के पो भयो भन्ने चिन्ता लिइरहेको उनले बताए। उनीहरुलाइ चिन्ता नलिन, नतड्पिन र आँशु नखसाउन ओलीले आग्रह गरेका छन्।



    ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार