कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई कास्की–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर १ कांग्रेसले आफ्नो क्षेत्रबाट कांग्रेस उम्मेदवारको रुपमा महामन्त्री थापाको नाम सिफारिस गरेको हो ।
२०७० र २०७४ सालमा काठमाडौँ–४ बाट निर्वाचित भएका थापालाई कास्की–१ बाट उम्मेदवार बनाउन सिफारिस भएको हो ।
उनले बुधबार नै काठमाडौं–४ बाट पनि निर्वाचन लड्न आवेदन दिएका छन् ।
Leave a Reply