Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लद्दाखमा चिनियाँ सेनाले बर्साए भारतीय सैनिकमाथि ढुंगा

    लद्दाखमा चिनियाँ सेनाले बर्साए भारतीय सैनिकमाथि ढुंगा

    अनलाइन नेपाल
  • बुधबार, १४ जेष्ठ २०७७
  • 7.2K
    SHARES

    तस्बिर:एएफपी

    काठमाडौं। लद्दाखमा भारत र चिनियाँ सेनाको बीच सीमामा पछिल्लाे समयम तनाव बढिरहेको छ। पैंगाैंग त्सो ताल नजिकै दुबै सेनाबीचकाे वादविवादकाे क्रममा चिनियाँ सैनिकहरूले ‘अनैतिक तरीका’ काे सहारा लिई भारतीय सुरक्षा कर्मीमाथि काँडे तारको डण्डा र ढुंगाले हमला गरेको भारतीय संचारमाध्यम आजतकले जनाएको छ।

    सेनाका शीर्ष स्रोतले भन्याे-‘चिनियाँ सैनिकहरूले वादविवादको क्रममा पैंगाैंग त्सो ताल नजिकैको क्षेत्रमा भारतीय सैनिकहरूलाई लक्षित गर्दै ढुंगा र काँडे तारकाे लठ्ठी प्रयोग गरे।’



    स्रोतका अनुसार चिनियाँ सैनिकहरूले यो काम भारतीय सैनिकहरुलाई चोट पुर्‍याउने उद्देश्यले गरेका थिए । तर, भारतीय पक्षले पनि त्यस्तै प्रतिक्रिया देखायो। यद्यपि चिनियाँ सैनिकहरूको संख्या भारतीय सैनिक भन्दा बढी थियो।



    स्रोतले भन्यो- ‘चीनले ठूलो संख्यामा सैनिकहरू प्रयोग गर्न आफ्नो पुरानो रणनीति प्रयोग गर्‍यो। लामो समयसम्म झडप जारी रह्यो। तर यसले जनमुक्ति सेनाको अनैतिक र अव्यावसायिक अनुहारको पर्दाफास गर्‍यो।’

    चिनियाँ सेना जस्तो नभई भारतीय पक्षले चिनियाँलाई उनीहरूको इलाकाबाट बाहिर निकाल्न कहिल्यै त्यस्तो रणनीति प्रयोग गर्दैन। केवल दुर्लभ मामिलाहरूमा मात्र यस्तो रणनीति अपनाइन्छ, जब सैनिकहरूले एक अर्काको क्षेत्रबाट धकेल्दा आक्रमण हुन्छ।

    अहिलेकाे अवस्थामा ५ हजार भन्दा बढी चिनियाँ सैनिक नियन्त्रण रेखामा रहेका छन्।

    भारतीय सेनाले आफ्नो हेवी लिफ्ट यातायात विमानहरूकाे प्रयोग पूर्वी लद्दाख क्षेत्रमा उचाई क्षेत्रमा रहेका सेना ल्याउनलाइ गर्याे। दौलत बेग ओल्डि सेक्टरमा हवाई पट्टी प्रयोग गरेर सेना परिचालन गरिएको थियो।

    यसको लागि, हेलिकप्टर र अन्य साधनहरूको सहारा लिइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार