एजेन्सी । सोभियत संघका अन्तिम नेता (राष्ट्रपति) मिखाइल गोर्बाचोभको निधन भएको छ ।
सोभियत संघको पतन रोक्न नसकेका, तर रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो ।
‘लामो समयदेखि गम्भीर बिमारीसँग जुझिरहेका गोर्भाजेभको आज साँझ निधन भएको छ,’ मस्कोको सेन्ट्रल क्लिनिकल हस्पिटलले मंगलबार राति भनेको छ।
मिखाइल गोर्बाचोभ सन् १९८५ मा सोभियत संघ (युएसएसआर) को राष्ट्रपति चुनिएका थिए ।
Leave a Reply