Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आज गणेश चतुर्थी, भगवान गणेशको जन्मोत्सव मनाइँदै

    आज गणेश चतुर्थी, भगवान गणेशको जन्मोत्सव मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज भादौ शुक्ल चतुर्दशी । हिन्दू धर्मावलम्बीले गणेश चतुर्थीका रुपमा मनाउँदै छन्। अग्रपूजाको अधिकार प्राप्त गरेका, विघ्नहर्ता गणेशको ‘जन्मदिन’।

    सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज काठमाडौं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।



    शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।



    भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार