काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ ।
राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विकास बैंक र वाणिज्य बैंकहरूलाई ५०० डलरसम्मको प्रिपेड डलर कार्ड प्रयोग गर्न मिल्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकको निर्देशनपछि अब मनी अर्डर (वायर ट्रान्सफर), डाइरेक्ट मार्केटिङ बीमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी, म्यानुअल र अटोमेटेड क्यास डिस्बर्समेन्ट लगायतको भुक्तानीमा डलर कार्ड प्रयोग गर्न पाइने छैन।
Leave a Reply