Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • क्लब वर्ल्ड कपको उपाधि लिभरपुललाई

    क्लब वर्ल्ड कपको उपाधि लिभरपुललाई

    अनलाइन नेपाल
  • बिहिबार, २४ पुष २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । इंग्लिस क्लब लिभरपुलले यस वर्षको फिफा क्लब विश्वकपको उपाधि जितेको छ । रोवर्टो फिर्मिनोले अतिरिक्त समयमा गोल गरेपछि ब्राजिलियन क्लब फ्लेमेङ्गोलाई पराजित गर्दै लिभरपुलले उपाधिमाथि कब्जा गरेको हो ।

    फिर्मिनोले ९९औं मिनेटमा गरेको गोल मद्दतमा लिभरपुल १–० ले विजयी भएको हो । लिभरपुल पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।



    कतारको खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको फाइनलमा निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो ।



    थप गरिएको ३० मिनेटको नवौं मिनेटमा ब्राजिलियन खेलाडी फिर्मिनोले नै ब्राजिलियन क्लबविरुद्ध गोल गर्दै लिभरपुललई अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा लिभरपुलले उपाधि जित्न सफल भएको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार