Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • केजरीवालका उपमुख्यमन्त्रीको लकरमा खानतलासी गर्दै सीबीआई

    केजरीवालका उपमुख्यमन्त्रीको लकरमा खानतलासी गर्दै सीबीआई

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 912
    SHARES

    एजेन्सी । भारतको केन्द्रीय जाँच एजेन्सी (सीबीआई) ले दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया विरुद्धको छानबिनलाई तीब्र पारेको छ ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका सिसोदियामाथि सीबीआईले रक्सी नीतिमा देखिएको गडबडीबारे छानबिन गरिरहेको छ ।



    यसअघि सिसोदियाको घरमा खानतलासी गरेको थियो । मंगलवार गाजियावादको वसुन्धरा सेक्टर ४ स्थित पञ्जाब नेसनल बैंकमा रहेको सिसोदियाको लकरमा सीबीआईले जाँच गर्दैछ ।



    लकरको जाँचका लागि सीबीआई टोली बैंक पुगेको छ भने उपमुख्यमन्त्री सिसोदियासँगै उनकी पत्नी समेत बैंकमै छिन् । दिल्लीका उपराज्यपाल विनय सक्सेनाको सिफारिसमा सीबीआईले उनीमाथि छानबिन अगाडि बढाएको हो ।

    मुख्यसचिवको छानबिन प्रतिवेदनका आधारमा छानबिनको सिफारिस गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार