Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

    कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौँ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ ।

    एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।



    ३० साउन २०७९ मा नेपालका लागि इजरायली राजदूत हनान गोदेर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरबीच भेटवार्ता भएको थियो । उक्त भेटको क्रममा राजदूत हनानले कृषि क्षेत्रका लागि समेत कामदार लैजान लागेको जानकारी गराएका थिए ।



    मन्त्रालयले त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सन् २०२० को सेप्टेम्बरमा नेपाल र इजरायलबीच सम्झौता भएको थियो ।

    इजरायलले कामदार लैजाने विषयमा नेपाललाई जानकारी गराइसकेको छ । आफ्नो स्पष्ट धारणासहित इजरायलले नेपाली अधिकारीहरूलाई जानकारी गराएका हुन् । सोही आधारमा मन्त्रालयले तयारी थालेको हो ।

    मन्त्रालयले आवश्यक कार्यविधि बनाएपछि कामदार लैजाने प्रक्रिया वैदेशिक रोजगार विभागले गर्नेछ । विभागले नै कार्यविधिलाई टेकेर आवेदन आह्वान, कामदार छनौट लगायतका प्रक्रिया अगाडि बढाउने छ । छनौटमा परेका कामदार इजरायल जान पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार