काठमाडौं । प्रहरीले ललितपुरको सानेपामा रहेको एक खाद्य गोदाममा छापा मारेको छ ।
चामल व्यापारमा अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार छापा मारेको हो ।
सो क्रममा म्याद गुज्रेको करिब ४ सय क्वीन्टल चामल बरामद भएको छ । यस्तै सो गोदामबाट विभिन्न ब्रान्डको नाम दिएर अवैध काम पनि हुने गरेको पाइएको छ ।
गोदाममा सिलबन्दी गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply