काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संविधानमा उल्लेख भए अनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन् भन्ने सरकारको एउटै मात्र सदाशयता रहेको बताएका छन्।
राष्ट्रियसभा, विधायन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राष्ट्रपतिको सन्देशका विषयमा भएको छलफलमा बोल्दै उनले यस्तो बताउका हुन् ।
गृहमन्त्री खाँणले भने, ‘विधेयलाई अनुमोदन गर्ने सन्दर्भमा प्रतिपक्ष मौन रहेर सहमति जनाएको थियो, विधेयक सबैको साथ र सहयोगमा अघि बढाइएको हो।’
आमा र बाबु नेपाली भएर पनि नागरिकता पाउन नसकेर लाखौँ सन्तति प्रताडित भएको घटना सुनाउँदै उनले संविधानको प्रतिज्ञा र प्रतिबद्धताअनुसार अनागरिक बनेकाको माग सम्बोधन गर्न लामो प्रयास भए पनि नसकिएको स्वीकार गरे।
गृहमन्त्री खाँणले राष्ट्रपतिको सन्देशमा पनि कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्तिबाट वञ्चित हुनुहुन्न भन्नेमा केन्द्रित रहेको बताए।
Leave a Reply