काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ ।
सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ ।
नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाएकी थिइन् ।
देउवा उपसभापति धनराज गुरुङ महामन्त्री, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर शीतल निवास पुगेका छन् ।
नेताहरुले भेटमा नागरिकता विधेयको विषयमा छलफल हुन सक्ने बताएका छन् ।
Leave a Reply