Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अतिक्रमित संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव

    अतिक्रमित संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 762
    SHARES

    कोहलपुर । अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएको छ।

    कोहलपुरको न्यूरोडमा अतिक्रमण गरि बनाइएका संरचना तथा टहरा हटाउन नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो। कोहलपुरको न्यूरोडमा रहेको ३-४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।



    बसपार्क क्षेत्रमा बनेका संरचना भत्काउन पुग्दा त्यहाँ स्थानीय व्यावसायीहरुले आन्दोलन गरेका छन्। उनीहरूले आफूहरूलाई अन्यत्र व्यवस्थापन गरेर मात्र भत्काउन माग गरेका छन्।



    यसअघि कोहलपुरका अनधिकृत संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो। त्यसपछि पुन: तीनदिने अल्टिमेटम समेत दिइएको मेयर आचार्यले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार