काठमाडौँ । काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् ।
काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो ।
कानुनी सल्लाहकारको रूपमा परामर्श दिने र महानगरका तर्फबाट पक्षमा मुद्दाको वकालत गर्ने जिम्मेवारी पाएको उनले बताए ।
आफूलाई महानगरले कानुनी सल्लाहकारको जिम्मेवारी दिएको भए पनि सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले बताए।
उनलाई सुरुमा ६ महिनाको लागि नियुक्ती गरिएको हो।
Leave a Reply