Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

    लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 735
    SHARES

    फाइल फोटो

    काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ ।

    हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय ग्रीडमा २७ मेगावाट बिजुली थपिएको छ । साेही आयोजनाबाट उत्पादित विद्युत २ सय २० केभी मर्स्याङ्दी कोरिडोर मार्फत मध्यमर्स्याङ्दी विद्युतगृहको सिउँडीबारको ग्रीडमा जोडिएको कम्पनीले जनाएको छ ।



    दुई साता परीक्षण उत्पादन गरेपछि ब्यापारिक उत्पादन थाल्ने पनि कम्पनीले जनाएको छ । विद्युत जोडिने दोर्दी कोरिडोरको निर्माण भने नेपाल विद्युत प्राधिकरणले अहिलेसम्सम पूरा गरेको छैन् ।



    गैरआवसीय नेपाली संघ (एनआरएनए) ले यस आयोजनामा ३५ दशमलव ७ प्रतिशत लगानी गरेको छ । साथै आइएमई समूहले ३४ दशमल ३ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी रहेको छ ।

    सुरुमा रु चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले ४ अर्ब ६४ करोडसम्म खर्च हुनभएको हुनसक्ने आयोजनाको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार