काठमाडौं । राष्ट्रिय सभाबाट फिर्ता पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल गर्न आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्नेछ। आजको बैठकमा राष्ट्रिय सभाले पठाएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ ।
राष्ट्रिय सभाले नागरिकता विधेयकलाई थप छलफलका लागि पठाएको विधायन व्यवस्थापन समितिमा सत्तापक्षकै बहुमत छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ।
नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भइसकेको छ। आइतबार बसेको राष्ट्रियसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका थिए।
Leave a Reply