एजेन्सी । फ्रेन्च लिग वानअन्तर्गत आइतबार रातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरीले खेलेको छ । उसले घरेलु मैदानमा मोनाकोसँग १–१ को बराबरी खेलेको हो ।
पार्क डेस प्रिन्सेसमा खेलको सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको २० औं मिनेटमा केभिन भोलान्डको गोलमार्फत मोनाकोले अग्रता लियो ।
७० औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
यो नतिजासँगै चार खेलमा १० अंक जोडेको पिएसजी शीर्ष स्थानमा रहँदा मोनाको समान खेलबाट पाँच अंकका साथ १२ औं स्थानमा छ ।
Leave a Reply