Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार

    सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ अर्ब ११ करोड रुपैयाँले बढेको हो ।



    आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा नेपालले तिर्न बाँकी ऋण १७ खर्ब ३४ अर्ब ४७ करोड रुपैयाँबराबर थियो । यस्तो ऋणको भार बढेर गत असार मसान्तसम्म २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ नाघेको हो ।



    सरकारले गत आर्थिक वर्ष २०७८/७९ मा मात्र २ खर्ब ३८ अर्ब रुपैयाँ लिनेगरी सम्झौता गरेको थियो । जसमध्ये १ खर्ब ४४ अर्ब ६० करोड रुपैयाँ ऋण सहायता हो । हाल निरन्तर चुलिएको सरकारी सार्वजनिक ऋणले नेपालीको प्रतिव्यक्ति ऋणभारसमेत बढेर प्रतिव्यक्ति ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको प्रारम्भिक तथ्यांकमा यस्तो औंल्याइएको हो ।

    जसलाई हाल देखिएको २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ सार्वजनिक ऋणलाई नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनामा भाग लगाउँदा प्रतिव्यक्ति ऋणको भार जनही ६८ हजार ९ सय ७ रुपैयाँ पुगेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार