काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।
सिट बाँडफाँडबारे गठबन्धनमा रहेका दलहरु आफ्नो अडानमा कायम भएपछि बैठक निष्कर्षविहीन भएको बताइएको छ ।
कार्यदलमा एक सदस्यका अनुसार यसअघि जस्तै काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी कायम राखेको छ ।
निरन्तर बैठक बसे पनि दलहरुबीच आ–आफ्नै दाबी रहेपछि त्यही कुरा लेखेर शीर्ष नेतालाई बुझाउने तयारी भएको बताइएको छ । अब अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो नभएको कार्यदल सदस्य हिमलाल पुरीले बताए ।
Leave a Reply