Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • राप्रपा नेपाललाई तत्काल चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

    राप्रपा नेपाललाई तत्काल चुनाव चिह्न नदिन सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 846
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई तत्काल तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको छ ।

    थापाले गाई चुनाव चिह्न पाउनुपर्ने माग गर्दै यसअघि पनि सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटको अन्तिम टुंगो नलाग्दै निर्वाचन आयोगले तीर चुनाव चिह्न दिन सक्ने भन्दै थापा पुनः सर्वोच्च अदालत पुगेका थिए ।



    आइतबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेशका लागि भदौ १४ गते राप्रपा नेपाल र निर्वाचन आयोग दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसपछि भदौ १४ अघिसम्म राप्रपा नेपाललाई तीर चुनाव चिह्न नदिन अन्तरकालीन आदेश दिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार